डाक्टर केसीको अवस्था जटिल, सरकार मौन


काठमाडौं – जुम्लामा अनशनरत डा.गोविन्द केसीको घाँटी र नसामा संक्रमण देखिएको छ ।

१५ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था जाँचका क्रममा घाँटी र हातका नसामा संक्रमण देखिएको हो । स्लाइन दिन खोलिएको केसीको हातको नसामा संक्रमण भएपछि सुन्निएका छन् ।

घाटी संक्रमणले केसीको घाँटी दुख्ने, खसखसाउने र खोकी लाग्ने समस्या देखिनुका साथै आवाज पनि सामान्य परिवर्तन भएको छ । एन्टिबायोटिक्स प्रयोग नगर्ने केसीको अडानका कारण स्वास्थ्य अवस्था थप नाजुक बन्दै गएको छ ।

डाक्टर केसीको बिगँ्रदो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अनशन स्थलमा इमर्जेन्सी म्यानेजमेन्टका लागि चाहिने आवाश्यक उपकरण र औषधि तयारी अवस्थामा राखिएको छ ।

डाक्टर केसीले सरकार वार्तामा आएर आफ्ना माग पूरा गर्न तयार हुनुपर्ने अडान जारी राख्नु भएको छ । सरकार जुम्लामा आएर वार्तामा नबसे आफू काठमाडांै नफर्कने केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्