स्विट्जरल्याण्डलाई पराजित गर्दै स्वीडेन क्वार्टरफाइनलमा


काठमाडाैँ । रसियामा जारी विश्वकप फुटवलको नकआउट चरणमा स्विट्जरल्याण्डलाई पराजित गर्दै स्वीडेन  क्वार्टरफाइनलमा प्रबेश गरेकाे छ । मंगलबार साँझ भएको खेलमा स्वीडेनले स्विट्जरल्याण्डलाई १–० ले पराजित गर्दै २४ वर्षपछि  अन्तिम ८ मा स्थान बनाएको हो।

स्वीडेनका लागि इमिल फोर्सबर्गले निर्णायक गोल गरे । पहिलो हाफ बराबरीमा रोकिएको खेलमा स्वीडेनले दोस्रो हाफमा निर्णायक गोल गरेको हो। इमिल फोर्सबर्गले ६६ औं मिनेटमा स्वीडेनका लागि गोल गरेका हुन्।

अब स्वीडेनले क्वार्टरफाइनलमा इंग्ल्याण्ड वा कोलम्बियासँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्