पुरिएको जीप निकालियो


मलेखु । सडकमाथिबाट लेदोमाटाको पहिरो आएर बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा आज अपराह्न पुरिएको जीप आधा घण्टामा निकालिएको छ ।

लु १ च २३४३ नंको जीप पहिराले पुरेपछि तत्काल नजिकै राजमार्गमा रहेको प्रहरी टोलीले पहिरोसमेत पन्छाएर निकालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्