दोस्रो हाफमा ब्राजिलले लियो अग्रता, नेयमारले गरे गाेल


काठमाडाैँ । विश्वकप फुटवलमा उपाधी दाबेदार मानिएको ब्राजिल र मेक्सिकोबीचको खेल भइरहेको छ । दोस्रो हाफको खेल चलिरहँदा ब्राजिलले अग्रता लिएको छ । ब्राजिलको लागि नेयमारले गोल गरेका छन् । विश्वकपको नकअाउट चरण अन्तर्गत जारी खेलको ५० अौं मिनेटमा नेमारले गोल गर्दै मेक्सिकोविरुद्ध सुरुवाती अग्रता दिलाएका छन्। पहिलो हाफमा बराबरीमा रोकिएको खेलमा विलियनको पासमा नेमारले गोल गरेका हुन्। रुस विश्वकपमा यो नेमारको दोस्रो गोल हो। यसअघि उनले कोस्टारिकाविरुद्ध गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्