मेसीसँगै रोनाल्डो पनि घर फर्किए


मस्को,१७ असार । रसियामा जारी विश्वकपको २१औं संस्करणको नकआउट चरणको पहिलो खेलबाट घर फर्किएको मेसीसँगै दोस्रो खेलमा रोलान्डो पनि घर फर्किएका छन्।

विश्वकप फुटबलको नकआउट चरणको दोस्रो खेलमा उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गरेसँगै रोनाल्डोको अगाडिको यात्रामा पूर्णविराम लागेको हो।

फ्रान्सेली क्लब पीएसजीका स्टार इडिन्सन काभानी चम्किएपछि उरूग्वेले युरोकप विजेता पार्चुगललाई हराएको हो।

जितपछि उरुग्वे क्वार्टरफाईनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। हारसँगै पोर्चुगल विश्वकपबाट बाहिरिएको छ। योसँगै स्पेनिस सुपरस्टार क्रिस्टियानो रोनाल्डोको रूसी विश्वकप यात्रा सकिएको छ। उरूग्वेको जितमा काभानीले २ गोल गरे।

पोर्चुगलका लागि पेपेले गोल गरेपनि हार टार्न सकेनन्। यसअघि पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले हराएको थियो।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्