पानीको धारामा माटो र बालुवाको लेदो, सेवाग्राहीले हाकीमलाई पानी पिउन लगाए, खानेपानी अफिसमा बबण्डर (लाइभ भिडियो सहीत)


खानेपानी संस्थानले उपलब्ध गराउने पानीको धारामा माटो र बालुवाको लेदो आएपछी खानेपानी अफिसमा हंगामा मच्चीएको छ । धारामा लेदो आएपछी उपभोक्ताले त्यो पानी खानेपानी संस्थान, पोखराका प्रमुखलाई खुवाउन बोत्तलमा हालेर कार्यालयमा पुगे । त्यसपछी उपभोक्ता र कार्यालयका कर्मचारीहरु बिच जुहारी चल्यो । ‘हामीले खानेपानी संस्थानलाई पैसा तिरेको यस्तै पानी खान हो ?’ – आक्रोशित उपभोक्ताहरुले प्रश्न गरे । कार्यालयका कर्मचारीहरुले आफुहरु संग पानी प्रसोधन गर्ने प्रयाप्त साधन नभएकोले फोहोर पानी पठाउन बाध्य भएको बताए । झण्डै १ घण्टा सम्म खानेपानी संस्थान, पोखरामा हंगामा मच्चीयो । गण्डकी टेलिभिजनको लोकप्रिय कार्यक्रम गण्डकी छड्के ले सम्पुर्ण भिडियो सार्वजनिक गरेको छ । हेर्नुहोस तलको शनसनीपुर्ण भिडियो ः

प्रतिक्रिया दिनुहोस्