उरुग्वे र फ्रान्स विश्वकप फुटबलको क्बाटरफाइनलमा प्रवेश


पोर्चुगलमाथि  २–१ को संर्घर्षपुर्ण जित निकाल्दै उरुग्वेले अन्तिम ८ मा स्थान बनाएको हो । क्वाटरफाइनलमा उसको भेट शुक्रवार फ्रान्ससँग हुनेछ । फ्रान्स, अर्को बलियो प्रतिद्वन्द्वी अर्जेन्टिनालाई पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको हो ।


मध्यराती भएको खेलको सातौं मिनेटमा एडिसन काभानीको गोलमार्फत अग्रता बनाएपनि ५५ औं मिनेटमा पेपेले गोल गर्दै खेल बराबरीमा पुर्याए । ६२ औं मिनेटमा काभानीले दोस्रो गोल गरेपछि फ्रान्स जित उन्मुख भएको हो । ६७ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि पोर्चुगल गोल फर्काउन असफल भयो । उसका आधा दर्जन अवसर असफल हुँदा विश्वकपको यात्रा अन्तिम १६ मै टुङ्गियो ।  गएराती नै पहिलो प्रिक्वाटरफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले स्तब्ध पार्‍यो ।  फ्रान्सको जितमा केलियन एम्बाप्पेले २ तथा एन्टोनियो ग्रीजम्यान र बेन्जामिन पाभार्डले एक एक गोल गरे । ५७ औं मिनेटसम्म २–१ ले अघि रहेको अर्जेन्टिनाले त्यसपछि लय गुमायो र एकपछि अर्को गोल खान पुग्यो । १९ बर्षिय एम्बापे, विश्वकपमा एकै खेलमा २ गोल गर्ने दोस्रो टिनएजर खेलाडि बने । यसअघि सो कीर्तिमान पेलेको नाममा थियो । एन्जल डी मारिया, मार्काडो र सर्जियो अगुईरोले गोल गरेपनि अर्जेन्टिनाको जितमा पर्याप्त बन्न सकेन् । बलमाथी ६० प्रतिशत नियन्त्रण कायम राखेको अर्जेन्टिनाले गोल गर्ने थप अबसर पाएपनि सदुपयोग भने गर्न सकेन् ।

प्रतिक्रिया दिनुहोस्